एमालेका मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित


मोरङ, २५ पौष । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध रूपमा निर्वाचित भएका छन् । शनिवार सुरु भएको ९ औँ जिल्ला अधिवेशनको उमेद्वारी दर्ता प्रक्रियामा उनको मात्र नाम परे पछि पोखरेल निर्विरोध रूपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 


त्यसै गरी उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा र उपसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध रूपमा चयन भएका छन् । मनोनयन दर्ता गर्नका लागि तोकिएको समयमा पदाधिकारीमा एक पदमा एक जनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिका संयोजक चूडामणि आचार्यले अध्यक्षसहित पाँच जनाको निर्विरोध भए पनि अन्य पदहरूमा भने ४ सय २५ जनाले मनोनयन दर्ता गराएको जानकारी दिएका छन् । त्यस्तै केही सदस्यहरू पनि पनि निर्विरोध रूपमा चयन भएका निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्