नरेन्द्र स्मृति क्लब सेमिफाइनलमा प्रवेश (फोटो फिचर)


बेलबारी, मोरङ / बेलबारीको वाड नं.२ स्थित बागदेवी खेलमैदानमामा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा नरेन्द्र स्मृति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ पूर्वाञ्चललाई २–० गोलको अन्तरले हराउँदै नरेन्द्र स्मृति क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

शनिवारको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल विहिन सकिएको थियो । तर दोस्रो हाफमा भने नरेन्द्र स्मृति क्लबको आक्रामक खेल रहेको थियो । नरेन्द्र स्मृति क्लबको तर्फबाट दोस्रो हाफको २ मिनेटमै जर्सी नं ७ का खेलाडी दिवस श्रेष्ठले गोल गरेका थिए ।

आफ्नो टिमलाई एक गोलको अग्रता दिलाएका श्रेष्ठले गोल पोस्टमा प्रहार गर्दा एपिएफका जर्सी नं ९ का खेलाडी रेवत श्रेष्ठलाई ठोक्किएर आत्मघाती गोल भएको थियो ।
खेलको म्यान अफर म्याच नरेन्द्र स्मृति क्लबका दिवस श्रेष्ठ घोषित भए । प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, ट्रफ्रि तथा प्रमाण पत्र पाउनेछन् भने उपविजेताले रु ३१ हजार, ट्रफ्रि तथा प्रमाण पत्र प्राप्त गर्ने छ ।

शिक्षा सन्देश इ स्कुल बेलबारी र बालप्रतिभा इ स्कुल सुन्दरहरैंचा प्रतियोगिताको मुख्य आयोजकमा रहेका छन । सेमिफाइनल खेल कार्तिक ६ र ७ गते हुनेछ भने फाइनल खेल ९ गते शनिवार हुने आयोजक समितिका अध्यक्ष तिर्थबहादुर न्यौपानेले जनाएका छन् ।

आइतबार हरैंचा स्पोट क्लब सुन्दरहरैंचा र डाँगिहाट फुटवल क्लब बेलबारी भिड्ने छ ।

(फोटो क्याप्सन : बलका लागि प्रतिस्पर्धा गर्दै निलोमा नरेन्द्र स्मृति क्लब र पहेँलोमा एपिएफका खेलाडी ।)

प्रतिक्रिया दिनुहोस्