माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय


काठमाडौँ, २५ पौष । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालकीले सीसीएमसीको आइतवार बसेको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बताइन् ।

बालबालिका सबैले खोप लगाउन नपाएकाले अहिले १५ माघसम्मका लागि बिदा गर्ने निर्णय भएको र त्यसपछि जोखिम हेरेर सीसीएमसीले आवश्यक निर्णय लिने प्रवक्ता नेपालीले जानकारी दिइन् ।

शुक्रवार मात्रै २४ जना कोरोनाभाइरसको ओमिक्रोन प्रजातिको सङ्क्रमण देखिएको थियो । यसपछि सीसीएमसीले यस्तो निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस्