एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा


तेह्रथुम, २५ पौष । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत रूपमा चयन भएका छन् । गत शुक्रवारदेखि सुरु भएको ११ औँ जिल्ला अधिवेशनबाट कन्दङ्वा अध्यक्षमा चयन भएका हुन् ।


अधिवेशनबाट उपाध्यक्षमा सञ्जय तुम्बाहाम्फे, सचिवमा शिव ढुङ्गाना, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिवेशनबाट वर्तमान प्रदेश सांसदसमेत रहेका कन्दङवाको नेतृत्वमा ९० सदस्सीय जिल्ला कमिटी चयन भएको एमाले तेह्रथुमले जनाएको छ ।

जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्