सहकारी सङ्घ मोरङको अध्यक्षमा पुन: डिल्ली पोखरेल


मोरङ, २६ पौष । जिल्ला सहकारी सङ्घ  मोरङको अध्यक्षमा डिल्ली पोखरेल तेस्रो कार्यकालका लागि पुन ः  निर्वाचित भएका छन् । अध्यक्षका उम्मेदवार वीरेन्द्र यादवलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।

पोखरेलले १५६ मत ल्याउँदा यादवले १२७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा विजय माझी, महिला उपाध्यक्षमा पार्वता बराल, सचिवमा राकेश दाहाल, सहसचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

उता लेखा समिति संयोजकमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् । लेखा संयोजक पदका अर्का उम्मेदवार गणेशप्रसाद निरौलालाई २६ मतको अन्तरले पराजित गर्दै लालीगुराँस बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका गौतम विजयी भएका हुन् । लेखा समितिकै महिला सदस्य तर्फ सीता शर्मा दाहाल र सङ्गीता दाहाल विजयी भइन् । 

सञ्चालक समिति सदस्य खुलातर्फ कमलेश्वर ठाकुर, बिजयकुमाार सरदार, उमेश गुरुङ, जीवन काफ्ले, चन्द्रप्रसाद भट्टराई, प्रभात खड्का, ऋषिराज पौडेल, हेडम्बराज भट्टराई र मिराकुमारी दाहाल हिरा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्