करेन्ट लागेर फेदाप तेह्रथुममा प्रधानाध्यापकको निधन


तेह्रथुम, २६ पौष । तेह्रथुम जिल्लास्थित फेदाप गाउँपालिका वडा नम्बर १ स्थित महाकाली मावि पुल्ढुङ, सिम्लेका प्रधानाध्यापक अम्बर बहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज (सोमबार) बिहान आफ्नै बारीमा रहेको कुटमिराको रुखमा बाख्रालाई घाँस काट्ने क्रममा करेन्ट लागेर प्रअ बस्नतेको निधन भएको हो । 

रुखमा चढेर घाँस काट्दै गर्दा घाँसको डालोले बिजुलीको तारमा छोएपछि करेन्ट लागेर बस्नेतको मृत्यु भएको स्थानीय टीटीएम मिडियाले उल्लेख गरेको छ ।

निधन भएका वस्नेतलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको फेदाप गाउँपालिका वडा नम्बर –४ का वडा अध्यक्ष नवीन चोङवाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्