झापाका दुई स्थानीय तहमा पृथ्वी जयन्तीको दिन बिदा दिइने


झापा, २६ पौष । झापाका दुई स्थानीय तहमा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएका छन् । पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा झापाका कचनकवल र हल्दिबारी गाउँपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । 

यी दुवै गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रूपमा मनाउन सबैलाई आह्वान गरेको छ । पृथ्वी जयन्तीको अवसरमा हल्दिबारीमा कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय, शैक्षिक संस्थामा बिदा गरिएको अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।

कचनकवलका अध्यक्ष अन्जरा आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका मातहत सञ्चालित सबै निकाय, विद्यालय बन्द रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्