मोरङको धनपालथानबाट गाँजा सहित ३ जना पक्राउ


मोरङ, २७ पौष । मोरङको धनपालथानबाट प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनपालथान–२ बरियाती टोलका ४० वर्षीय वसन्त पासवान, सुनसरी धरान–१६ का ३६ वर्षीय रविन राई र २९ वर्षीय वचन राई रहेको प्रहरीले जनाएको छ । 

आइतवार दिउसो सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा धनपालगान गाउँपालिका–२ बाट ३ केजी १०५ ग्राम गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरूबाट प्रहरीले अवैध लागु औषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैयाँ र प्रदेश १–०२०–०४५ प २६९९ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

अवैध लागु औषध गाँजासहित पक्राउ परेका तीनै जनालाई मोरङ जिल्ला अदालतबाट लागु औषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्