अमेरिकामा सुँगुरको मुटु मानिसमा सफलतापूर्वक प्रत्यारोपण


मोरङ, २७ पौष । अमेरिकामा सुँगुरको मुटु मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड ब्यानेटलाई अनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूको टोलीले ७ घण्टा लामो शल्यक्रिया गरी सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपण नै व्यानेटको जीवन रक्षा गर्ने एक मात्रै विकल्प भएको चिकित्सकहरूले बताएका छन् ।

सुँगुरको मुटु प्रत्यारोपणपछि ब्यानेटको दीर्घ जीवन हुन्छ कि हुँदैन अझै निश्चित भएको छैन । तर प्रत्यारोपणको तीन दिनमा उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।

शल्यक्रिया गर्नु एक दिन अघि ब्यानेटले मर्नु वा प्रत्यारोपण गर्नु एक मात्रै विकल्प आफूसँग भएकाले आफूले प्रत्यारोपणलाई रोजेका थिए । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण कार्य सफल भए पछि विज्ञानको चमत्कारलाई अझ सार्थक बनाइदिएको छ ।  

प्रतिक्रिया दिनुहोस्