नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन


मोरङ, २७ पौष । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको मङ्गलवार उद्घाटन भएको छ । मोरङको पथरीशनिश्चरेमा आयोजित महाधिवेशनको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका छन् । 

महादिवेशनको उद्घाटन गर्दै मन्त्री आङ्वोले पाँच दलीय गठबन्धन सरकार पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने पक्षमा रहेको बताउँदै उनले प्रदेश १ को नामकरण पहिचानकै आधारमा राख्न प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन् । उनले प्रदेशको नामकरण राख्न दुई तिहाइको सङ्ख्याको आवश्यकता रहेकोले विपक्षी दल नेकपा एमालेको पनि साथ चाहिने बताए । 

अहिलेसम्म प्रदेशको नामकरण एमाले अध्यक्ष केपी शर्मा ओलीको कारणले हुन नसकेको मन्त्री आङ्गबोको आरोप रहेको थियो । आफूहरू जनताको जनअपेक्षा अनुसार काम गर्ने बताउँदै पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताले अनुभूति हुने विकासको काम गरेर देखाउनेसमेत प्रतिविद्धतासमेत जाएर गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, फोनिज प्रदेश १ का अध्यक्ष अर्जुन जम्मेली राई लगायतकाले आ–आफ्ना विचार राखेका थिए ।   

महाधिवेशनमा धिमाल जातीको कला संस्कृतिका साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्