विवेकशीलद्वारा प्रदेश संयोजकबाट रन्जु दर्शनालाई हटाइयो


काठमाडौँ, २८ पौष । विवेकशील साझा पार्टीको कार्यसम्पादन समितिले बागमती प्रदेश संयोजक रञ्जु दर्शनालाई जिम्मेवारीबाट हटाएको छ । कार्यसमितिको गत पुस २१ गते बसेको तेह्रौँ बैठकले दर्शनालाई प्रदेश संयोजकबाट हटाएको हो ।

 सोही बैठकले प्रदेश २ संयोजक अनिमेष कुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजक सुरेश भट्टहरूलाई समेत हटाएको छ । गण्डकी प्रदेश संयोजक महेश भण्डारी र प्रदेश २ संयोजक अनिमेशकुमार मिश्रले यसअघि नै कारबाहीमा परेका संयोजक मिलन पाण्डेको पक्षमा उभिँदै राजीनामा दिएका थिए ।

पार्टी प्रवक्ता शरद पाठकले पार्टीको कार्यसम्पादन बैठकले अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकमा एसके श्रेष्ठ, प्रदेश २ को संयोजकमा धनपति महतो, बागमती प्रदेश संयोजकमा सञ्जीवबल्लभ भट्टराई, गण्डकी प्रदेश संयोजकमा सुशीला अधिकारी केसीलाई चयन गरेको बताए ।

कार्यसम्पादन समितिको यो निर्णयलाई छलफल तथा अनुमोदनका लागि केन्द्रीय समितिको बैठकमा पेस गर्ने पनि पार्टी प्रवक्ता पाठक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्