झापामा सभा सम्मेलन गर्न प्रतिबन्ध, २५ जनाभन्दा बढी भेला हुन नपाइने


झापा, २८ पौष । कोरोना सङ्क्रमण बढेसँगै झापा प्रशासनले कडाइ गर्न थालेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको मङ्गलवारको बैठकले कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को पुस २५ गते र २६ गतेको गृह मन्त्रालयको पालना गर्न गराउन निर्देशन दिएको हो ।झापा प्रशासनले सबै प्रकारका सभा समारोहमा प्रतिबन्ध लगाउँदै २५ जनाभन्दा बढी भेला हुन नपाइने माथिल्लो सरकारको निर्णयको कार्यान्वयनमा जोड दिएसँगै शिक्षण संस्थाहरू धमाधम बन्द हुन थालेका छन् ।झापाका निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कहीँकतै जानुपरे खोप कार्ड अनिवार्य बोक्न, कार्ड बोक्न बिर्सिने सम्भावना भएकाले मोबाइलमा फोटो खिचेर हिँड्न आग्रह गरिएको छ । झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या सय नजिक पुगेको स्वास्थ्य कार्यालय झापाले जनाइएको छ । झापामै मङ्गलवार एकै दिन २५ जनामा  सङ्क्रमण देखिएपछि प्रशासनले कडाइ सुरु गरेको हो । अघिल्लो साताको शुक्रवार तीन जनामा कोरोना सङ्क्रमण देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्