युभेन्टसको जित : रोनाल्डोको उत्कृष्ट प्रदर्शनी


काठमाडौँ, ३ कात्तिक । इटालियन सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्टसले जित हात पारेको छ । शनिवार राति भएको खेलमा बोलोग्नालाई युभेन्टसले २–१ गोल अन्तरले पराजित गरेको हो ।

क्रिष्टियानो रोनाल्डो र मिरालेम पिजानिकले गरेको गोलले युभेन्टसको जितलाई सुनिश्चित गरेको छ । रोनाल्डाले खेलको १९ मिनेटमा नै गोल गरेका थिए भने ५४औं मिनेटमा पिजानिकले गरेको गोल निर्णायक गोल भएको थियो ।

बोलोग्नाको तर्फबाट ड्यानिलोले गोल गरेका थिए । खेलको २६औं मिनेटमा ड्यानिलोले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्