बेलबारीमा किशोरीका लागि तीन दिने आत्मरक्षा तालिम संचालन


बेलबारी, २८ पौष । मोरङको बेलबारीमा किशोरीहरूको सुरक्षाका लागि तीन दिने आत्मरक्षा तालिम सुरु भएको छ । आदर्श युवा क्लब बेलबारी ११ को आयोजनामा सञ्चालन गरिएको कार्यक्रमको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले आज एक कार्यक्रमबिच उद्घाटन गरेका छन् । 

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रवक्ता योगेन्द्र सुवेदीले किताबी ज्ञानका साथसाथै विद्यार्थीलाई व्यवहारिक ज्ञानको खाँचो रहेको बताए । वडा नं ३ का अध्यक्षसमेत रहेका सुवेदीले तालिमको सफलताको कामना गर्दै यस्ता कार्यक्रमलाई नगरपालिकाले सहयोग रहनेसमेत प्रतिबद्धता जनाए । 

वडा सदस्य नीशा किरण राई, १ नं खेलकुद बोर्ड सदस्य सन्तोष बान्तवा लगायतकाले कार्यक्रममा मन्तव्य राख्दै यस्ता तालिमले किशोरीहरूको जीनवरक्षामा सफल हुने आसा व्यक्त गरेका थिए । 

बेलबारी ३ मा रहेको मोरङ नेत्रहीन सङको सभा हल सुरु भएको तालिमको उद्घाटन कार्यक्रम कार्यक्रममा बेलबारी नगरपालिका वडा सदस्यहरू चन्द्र राई, मैला विश्वकर्मा र निशा किरण राई, बेलबारी जेसिसका वर्ष २२ का अध्यक्ष नवराज सुवेदी, नेपाल नेत्रहीन सङ्घकी केन्द्रीय सदस्य शावित्रा कोइराला लगायतको सहभागिता रहेको थियो ।

बेलबारी नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सञ्चालित तालिमको केआइएफ कुरोदय मार्सल आर्ट संघ प्रदेश नं १ का केन्द्रीय सदस्य एवम् प्रमुख प्रशिक्षक प्रकाशमान सिंह बस्नेत रहेका छन् । 

संयोजक शितल रायद्वारा तालिमको औचित्यमाथि प्रस्ट पारेको कार्यक्रमको सञ्चालन भने अनिशा गिरीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्