महानगरपालिकाले भन्यो ‘बिहावीरबाट नगरभित्रका सबै शैक्षिक संस्थाहरू बन्द गर्नू’


मोरङ, २८ पौष । विराटनगर महानगरपालिकाले पुस २९ गतेबाट पालिकाभित्रका सबै विद्यालयहरू बन्द हुने भएका छन् । कोरोना महामारी एक्कासि फैलिएपछि महानगरपालिकाले निर्देशन दिए पछि विद्यालयहरू बन्द हुन लागेका हुन् । 

महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै पुस २९ गतेबाट माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । विद्यालय बन्द गर्न निर्देशन दिए पनि शुक्रवारसम्मको पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न अनुमति दिइएको छ । तर ती परीक्षा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ । 

महानगरको सूचनामा कोरोना सङ्क्रमण बढेकोले विद्यालयको बर्षे र हिउँदे बिदामा कटौती हुने गरी माघ १५ गतेसम्मका लागि बिदा गर्न र शुक्रवारसम्मका पूर्वनिर्धारित परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न भनिएको छ । उता सङ्घीय सरकारले भने पुस २६ गतेबाटै विद्यालय बन्द गर्न निर्देशन दिइसकेको थियो । 

प्रतिक्रिया दिनुहोस्