नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढीमा करोना सङ्क्रमण


काठमाडौँ, २८ पौष । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण भएको बताएको छ । 

पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा यो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै २७८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण बढे पछि सरकारले २६ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्