नोबेलविरुद्धको आन्दोलन झन् चर्किदो, मेडिकल कलेजका सञ्चालक शर्माको पुतला दहन


मोरङ, २९ पौष । केही दिनदेखि आन्दोलनरत विद्यार्थीले आज (बिहिवार) नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्माको पुतला दहन गरेका छन् । एमबिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै आन्दोलनरत विद्यार्थीले आफ्ना माग पुरा नगरे पछि विरोधस्वरुप साङ्केतिक रूपमा पुतला दहन गरेका छन् । 

अस्पताल प्रशासनले विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि दबाब बढाउन नोबेल सञ्चालक शर्माको पुतला दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादव बताउँछन् ।

अस्पताल प्रशासनले आन्दोलनका नाममा राजनीति भइरहेको आरोप लगाउँदै आएको छ तर उक्त आरोपलाई विद्यार्थीहरूले खण्डन गर्दै आन्दोलन विशुद्ध विद्यार्थीसँग केन्द्रित रहेको बताएका छन् ।  

लामो समयदेखि आन्दोलन चर्किँदै गइरहँदा विद्यार्थी र क्याम्पस प्रशासनबिच वार्ता नहुँदा उपचारका लागि दैनिक रूपमा अस्पताल आउने सेवाग्राहीहरूले समस्या भोग्नु परिरहेको छ । आन्दोलनरत विद्यार्थीहरूले आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्