प्रेस चौतारी मोरङको आठौँ अधिवेशन सम्पन्न : अध्यक्षमा सुदीप कोइराला निर्वाचित


मोरङ, २९ पौष । प्रेस चौतारी मोरङको अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । विराटनगरमा आयोजित आठौँ अधिवेशनबाट कोइरालाको अध्यक्षतामा २६ सदस्सीय जिल्ला कमिटीको चयन भएको हो । 

उपाध्यक्षमा सन्तोष राई र चिना थापा, सचिवमा शशाङ्क पौडेल निर्वाचित भएका छन् भने सह–सचिवमा सुमन घिमिरे र अर्जुन कुलुङ राई र कोषाध्यक्षमा विद्यानन्द चौधरी निर्वाचित भएका छन् । 

त्यसैसरि सदस्यहरूमा हरिहर नेपाल, दीपेश खतिवडा, कृष्णचन्द्र सुवेदी, दीपेन्द्र थापा, खगेन्द्र चौहान, शुक्रराज राई, राजकुमारी तामाङ, राजो उराव, भूपेन्द्र कटुवाल, भूमिप्रसाद पाठक, कृष्ण कोइराला, निशान्त ढुङ्गाना, मनोजकुमार महतो, सामना भट्टराई, सम्झना चौधरी, ईश्वर दुलाल, रोमा दाहाल र तिलक नेपाल निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, प्रेस चौतारी नेपालका लेखा संयोजक विक्रम लुइँटेल, पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य, प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

आठौँ जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई नगद १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्