नयाँ टिम मालोर्काले हरायो रियल मड्रिडलाई


काठमाडौँ, ३ कात्तिक । ला लिगा फुटबलमा नयाँ टिम मालोर्काले रियल मड्रिड स्पेनिसलाई पराजित गरेको छ । मालोर्काले रियललाई शनिवार राति भएको खेलमा १–० गोल अन्तरले पराजित गरेको हो ।

मालोर्काको तर्फबाट खेलको पहिलो हाफमा सातौँ मिनेटमा लोगो जुनियरले गोल गरेका थिए ।

दोस्रो हाफमा भने दुवै टिमबाट कुनै गोल हुन सकेन । बरु रियलका डिफेन्डर अल्भारो ओड्रिओजोला दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खादै मैदानबाट आउट भए ।

शनिवार राति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दा गेटाफेले लेगानेसलाई २–० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्