प्रदेश नं १ मुख्यमन्त्री राईको सम्पत्ति विवरणमा जग्गा पाँच आना मात्र


मोरङ, २९ पौष । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफूसँग पाँच आना मात्रै जग्गा रहेको सम्पत्ति विवरण पेस गरेका छन् । मुख्यमन्त्री राईको घर भोजपुरको षडानन्द नगरपालिका–११ मा पर्छ । सोही स्थानमा बुबाबाट प्राप्त गरेको पाँच आना जग्गा पैतृक सम्पत्तिको रूपमा रहेको विवरण पेस गरेका हुन् । 

मुख्यमन्त्री राईको बैङ्कमा भने ८७ लाख रुपैयाँ र श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार रुपैयाँ रकम बचत रहेको विवरण पेस गरेका छन् । उनले आफ्नो नाममा दुई वटा बैङ्कमा रहेको खातामा १९ लाख रुपैयाँ रहेको विवरण पेस गरेका छन् । राईको नाममा कृषि विकास बैङ्कमा रहेको खातामा १७ लाख २० हजार र राष्ट्रिय वाणिज्य बैङ्कमा दुई लाख ६५ हजार रुपैयाँ छ ।

राईले दुवै बैङ्कको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको नाममा रहेको रकम स्कुलको स्वामित्व हस्तान्तरण र माइती पक्षबाट आएको उल्लेख गरेका छन् । १० तोला सुन राखेका मुख्यमन्त्री राईले सेयर विवरण भरेका छैनन् । उनले आफूसँग एउटा मोटरसाइकल रहेको विवरण पेस गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्