एमालेको मोरङ जिल्ला कमिटीमा परेका बेलबारीका १५ जनामध्ये ९ जना नयाँ अनुहार


बेलबारी, ३० पौष  । एमाले मोरङ जिल्ला कमिटीमा बेलबारीबाट मात्र झण्डै डेढ दर्जन व्यक्ति परेका छन् । एमालेको नऔँ जिल्ला अधिवेशनबाट बेलबारीबाट १५ जना जिल्ला कमिटीमा अटाएका छन् ।

 हलबाट पदाधिकारी सर्वसम्मत भए पनि बाँकी जिल्ला आकांक्षी बढी हुँदा सदस्यहरूको नाम टुङ्गो लाग्न लामो समय लागेको थियो । तर मनोनयन गरेका उम्मेद्वारहरुले सम्पूर्ण अधिकार अध्यक्ष मण्डल समक्ष प्रदान गरेपछि मनोनयन गरिएको उम्मेद्वाहरुबाटै अध्यक्ष मण्डलले पाँच दिनको गृह कार्य पछि अन्तिम नामावली सार्वजनिक गर्न सकेको छ । 

उक्त नामावलीमा बेलबारी नगरपालिकाबाट भूगोल, मजदुर, आदिवासी, दलित, खुल्ला तथा समायोजन गरेर जम्मा १५ जना सदस्य जिल्ला कमिटीमा परेका छन् ।भूगोलबाट रेखा सुवेदी राई, गजेन्द्रराज लिम्बु, यमबहादुर पोख्रेल, उदय राई परेका छन् भने मजदुरबाट गणेश लामा समेटिएका छन् । आदिवासी कोटाबाट मिलन राई र दलित कोटाबाट गीता शिवा समेटिँदा खुल्लातर्फ ढाकाकुमारी पराजुली, राजेश बस्नेत, रबिन थापा, सीता तामाङ, घनश्याम गौतम परेका छन् । अन्य पार्टीबाट समायोजन भएकाहरू मध्येबाट गोपाल सुवेदी, सत्यनारायण राजवंशी र सरिता गौतमलाई जिल्ला कमिटीमा समेटिएको छ ।  

बेलबारीबाट परेका १५ जनामध्ये ६ जना यस अघि पनि जिल्ला कमिटीमा रहेका हुन् भने बाँकी ९ जना नयाँ अनुहार परेका छन् । एमाले मोरङको नौ जिल्ला अधिवेशनबाट ऋषिकेश पोखरेलको अध्यक्षतामा १७५ सदस्सीय कमिटी निर्वाचित भएको छ ।   

प्रतिक्रिया दिनुहोस्