लेटाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ


मोरङ, ३० पौष । मोरङको लेटाङबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय इन्द्रबहादुर राई रहेको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले आज (शुक्रवार) राईलाई नगरपालिका ९ मा रहेको वसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।  उनको साथबाट प्रहरीले लोड भएको ३ नाल भरुवा बन्दुक, २ डब्बाका बारुद, १८ थान गोली, ५ पोका छर्रा, १ थान खुकुरी, १ थान गेटिस बरामद गरेको छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लेटाङले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्