बेलबारी जेसिसको छैटौँ पदस्थापन तथा पुरस्कार वितरण समारोह


बेलबारी, ३० पौष । बेलबारी जेसिसले एक कार्यक्रमबिच आज (शुक्रवार) आफ्नो छैटौँ पदस्थापन समारोह सम्पन्न गरेको छ । बेलबारी –१ मा रहेको सांस्कृतिक सभा हलमा सञ्चालन भएको छैटौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । 

उक्त समारोहमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाल सेजिसका राष्ट्रिय उपाध्यक्ष कुमार सिं सावा, बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा, बेलबारी जेसिसका निवर्तमान अध्यक्ष राजेश खत्री, पूर्व अध्यक्षहरू दीपेन्द्र खुलाल, राजन प्रसाई, नेकपा एमालेका नगर अध्यक्ष ईरान राई, नेपाली काँग्रेसका नगर सभापति छत्र लिम्बू, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख सरोज खनाल, बेलबारी नगरपालिकाका वडा नं १ का अध्यक्ष चक्रबहादुर खुलाल्, ६ नं वडा अध्यक्ष उदयबहादुर राई, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

जेसिसको उक्त पदस्थापन कार्यक्रमका अवसरमा बेलबारीका मेची महाकाली साइकल यात्री लक्ष्मण कोइराला, सिर्जना घरका सञ्चालक विकास बुढाथोकी, गायक विनोद खम्बु र सञ्चारकर्मी भोजराज बस्नेतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बर्सभरिको कार्यसम्पादनको आधारमा जेसिस तथा गएर जेसिसका महानुभावहरूलाई पुरस्कृत गरिएको थियो । एक्टिभ मेम्बर अफ द इयरबाट सरोज सुवेदी, नवप्रतिभा उत्कृष्ट पुरस्कारबाट सोनाम धिमाल र विपिन निरौला, आउट स्टाङडिङ अवार्डबाट पुस्कल सुवेदी, वेस्ट कोर्डिनेटर अवार्डबाट विजय तोलाङ्गी, लोकल बिजनेस प्रमोटेड अवार्डबाट प्रतीक कुमार देव र मष्ट इन्थुजेष्टिक अवार्डबाट बिकी मगर पुरस्कृत भएका छन् । 

कार्यक्रममा वर्ष २०२२ को वनराज सुवेदीको नयाँ टिमलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो भने वर्ष २०२१ का अध्यक्ष राजेन्द्रबहादुर अधिकारीको टिमले वर्ष २०२२ का अध्यक्ष सुवेदीको टिमलाई पद हस्तान्तरण गरेका थिए । 

वर्ष २०२२ का लागि कार्यकारिणी उपाध्यक्ष भुवन कार्की र प्रशान्त निरौला चयन भएका छन् भने महासचिव– बिराज न्यौपाने र कोषाध्यक्ष अच्युत पौडेल चयन भएका छन् ।  

त्यस्तै अध्यक्ष सुवेदीको टिममा उपाध्यक्षमा सपना काफ्ले, पुस्कल सुबेदी (सुयोम), सरोज सुबेदी र सनम खतिवडालाई नियुक्त भएका छन् । त्यस्तै सचिबमा अनु निरौला, जनसम्पर्क अधिकारी, बिकि मगर, तालिम निर्देशक– ओमनाथ गौतम नियुक्त भएका छन् ।

बेलबारी जेसिसका वर्ष २०२१ का अध्यक्ष राजेन्द्र बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने महासचिव विपिन आचार्य विपिनको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्