धादिङको धुनिबेसीमा शङ्कास्पद बस्तु : प्रेसर कुकरको आशङ्का


धादिङ, ३ कात्तिक । धादिङको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने स्थानमा झोलासँग शङ्कास्पद बस्तु फेला परेको छ ।

फेला परेको जेब्राको झोलाभित्र प्रेसर कुकर देखिन्छ । सुरक्षाकर्मीले त्यो विस्फोटक पदार्थ हुनसक्ने आशङ्का गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रूपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्