तेस्रो डागीहाट गोल्डको उद्घाटन खेलमा चर्च व्बाईज विजयी


बेलबारी ,मोरङ । मोरङको बेलबारीमा तेस्रो डागीहाट गोल्डको उद्घाटन खेलमा चर्च व्बाईज क्लब काठमाडौँ विजयी भएको छ । बेलबारीको वडा नं. १० स्थित भाउन्नेमा तेस्रो डागीहाट गोल्डको आइतबार उद्घाटन भएको हो ।

आइतबारको उद्घाटन खेलमा सडन गर्दै चर्च व्बाईज क्लब काठमाडौँले ट्राईब्रेकरमा डेथमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै सेमीफाईनमा प्रवेश गरेको छ ।

 

झापाले पाएको फ्रि किकलाई टिम क्याप्टेन कर्ण लिम्बुले गोलमा परिणत गरेका थिए भने ब्वाईजका क्याप्टेन मिलन राईले गोल गरेका थिए । खेलको पहिलो आफ गोल विहीन सकिएको थियो ।

दोस्रो हाफको ५५ औँ मिनेटमा झापाको तर्फबाट क्याप्टेन लिम्बुले गोल गरेका थिए भने ब्वाईजको तर्फबाट ५७ औँ मिनेटमा क्याप्टेन राईले गरे पछि १–१ गोलको बराबरीमा खेलको निर्धारित समय सकिएको थियो ।

बराबरीमा खेल सकिए पछि ट्राईब्रेकर भएको थियो । तर ट्राईब्रेकरमा पनि पाँच पाँच गोल भएपछि सड एन्ड डेथमा परिणत भएको थियो । सड एन्ड डेथमा आशिष चापागाईँले प्रहार गरेको गोल पोलमा ठोक्किए पछि ब्वाईज विजयी भएको हो । सड एन्ड डेथमा ६ – ५ गोलको अन्तरले ब्वाईज विजयी भएको हो ।

ब्वाइैजका तर्फबाट जीवन धामी,कैलाश बस्नेत,धिरेन लिम्बु,उमेश राई,पिल्साङ लामा र सन्तोष न्यौपानेले गोल गरेका थिए भने झापाका तर्फबाट जीवन गुरुङ,रुपेश केसी,एन्जल गुरुङ,कर्ण लिम्बु,पूजन उपरकोटीले गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ दि म्याच ब्वाईजका मिलन राई घोषित भए । उनले नगत पुरस्कार रु.५ हजार प्राप्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद केदार कार्कीले पुरस्कार प्रदान गरेका थिए । तेस्रो डागीहाट गोल्डको उद्घाटन डागीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्