लेटाङ पराजित बेलबारी सेमिफाइनलमा


बेलबारी, मोरङ / बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा बेलबारी फुटबल क्लब विजयी भएको छ ।

सोमबार भएको चौथो दिनको खेलमा बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । लेटाङ फुटबल क्लबलाई २–१ गोलको अन्तरले हराउँदै बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेलबारी फुटबल क्लबका जर्सी नं १९ का मौसम सुब्बाले खेलको १५ औँ मिनेटमा पहिलो गोल गरे टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० को अन्तरमा सकिएको थियो । जर्सी न. ११ का खेलाडी किरण लिम्बूले दोस्रो हाफको ६० औँ मिनेटमा गोल गरेर टिमलाई सेमिफाइनलमा प्रवेश गराउन सफल भएको छ ।

२–० गोलको अन्तर भए पछि लेटाङलाई दबाबपूर्ण खेल भएको थियो । लेटाङको तर्फबाट खेलको अन्तिम २ मिनेट मात्र बाँकी रहँदा जर्सी नं ७ का खेलाडी भुवन राईले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच बेलबारी फुटबल क्लबका मौसम सुब्बा घोषित भए । पहिलो सेमिफाइनल खेल कार्तिक ६ गते केराबारी (डाँगी) फुटबल क्लब केराबारी र डाँगीहाट फुटबल क्लब बेलबारीबिच हुने आयोजकले जनाएको छ ।

https://youtu.be/HWClGYP1dXw

प्रतिक्रिया दिनुहोस्