रमिते सामुदायिक वनको चौथो साधारणसभा सम्पन्न


मोरङ, ५ कार्तिक / रमिते सामुदायिक वन, बेलबारी मोरङले तेस्रो साधारणसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिका वाड नं २ स्थित लालभित्तीमा रहेको रमिते सामुदायिक वनको कार्यालय सभा हलमा तेस्रो साधारणसभा सम्पन्न भएको हो ।

तेस्रो साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सांसद राजकुमार ओझाले गरेका थिए ।  कार्यक्रममा शुभकामना प्रदान गर्दै सांसद ओझाले प्राकृतिक श्रोत र साधनको समुचित प्रयोग गर्दै गरिबीको रेखामुनिका जनतालाई माथि उठाउने काम आफैमा महत्त्वपूर्ण रहेको बताए ।

बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले सामुदायिक वनको संरक्षणको मुख्य भूमिका स्थानीयकै भएको बताइन । उपप्रमुख पराजुलीले व्यक्तिगत तथा स्थानीय सरकारका हैसियतले विकासका कार्यक्रममा आफूले गर्नु पर्ने काम गर्न पछि नपर्ने पनि बताइन ।

सो कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाली काङ्ग्रेस नगर सचिव राजेश खत्री, नेकपाका पर्शुराम सुवेदी, बेलबारी नगरपालिका वाड नं २ का अध्यक्ष घनश्याम गौतम, सामुदायिक वनका पूर्व अध्यक्ष सनदकुमार ढकाल र डिल्ली पुरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सञ्चालक समितिले तयार पारेको प्रगति प्रतिवेदन सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर राई, आर्थिक प्रतिवेदन कोषाध्यक्ष नरहरि भण्डारी र लेखा संयोजक खगेन्द्र ओझाले लेखा तथा अनुगमनको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०५६ सालमा स्थापना भएर २०७२ सालमा विधिवत् रूपमा दर्ता भएको यो सामुदायिक वनले सुरुङमार्ग सहितको रमिते भ्युटावर निर्माण कार्यमा अगाडि बढाइरहेको छ ।

https://youtu.be/CYC-vWkA0eM

प्रतिक्रिया दिनुहोस्