रमिते सामुदायिक वनको अध्यक्षमा प्रेमबहादुर राई


बेलबारी, मोरङ /  रमिते सामुदायिक वनको अध्यक्षमा प्रेमबहादुर राई सर्वसम्मतमा चयन भएका छन् । राईको नेतृत्वमा १९ सदस्य कार्यसमिति निर्माण भएको छ ।

उपाध्यक्षमा कमल बहादुर लिम्बू, सचिवमा विश्वकिरण ढकाल, सहसचिवमा केन्द्रप्रसाद पाण्डे, कोषाध्यक्षमा खगेन्द्रप्रसाद ओझा पनि सर्वसम्मतमा चयन भएका छन् ।
सदस्यहरूमा राजु परियार, होमनाथ दुलाल, निरु लिम्बू, गोपालप्रसाद नेपाल, शान्तकुमार नेपाल, सुमन कटुवाल, निरमाया श्रेष्ठ, मनकुमारी पुरी, मन्जु रिजाल, अन्जुकुमारी खड्का हुमागाई, गीता गिरी, गीता देवान, समिता लिम्बू, र ममता भुजेल चयन भएका छन् ।

लेखा तथा सुपरिवेक्षण समितिमा केदार दुलाको संयोजकत्वमा तीन सदस्यीय चयन भएको छ । लेखा तथा सुपरिवेक्षण समितिका अन्य सदस्यहरूमा मेघराज परियार र थमराज लिम्बू छन् ।

अनुगमन तथा मूल्याङ्कन समितिको साधारणसभाले गोपालप्रसाद नेउपानेको संयोजकत्वमा ७ सदस्यीय, सदस्य शिवकुमार तामाङ, भूपाल बस्नेत, प्रदीप गिरी, तीर्थबहादुर पुरी, प्रकाशकुमार भण्डारी, राजुदेव राई रहेका छन् । दुर्गाप्रसाद गौतमको संयोजकत्वमा वनेको निर्वाचन समितिले निर्विरोध रूपमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।

सो अवसरमा बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गौतम, निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद गौतम, निर्वाचन समितिका सदस्यद्वय गणेशप्रसाद दाहाल र राजेश खत्री, रमिते सामुदायिक वनका निवर्तमान सदस्य रन्जित गुरुङ, समितिका पूर्व अध्यक्ष डिल्ली पुरी, पूर्व पार्सद सिताराम नेउपाने लगायतकाले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्