नरेन्द्र स्मृति पराजित बेलबारी फाइनलमा


बेलबारी, मोरङ / क्लवस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

सिंहदेवी युवा समूहको आयोजनामा बेलबारी –२ स्थित सिंहदेवी स्थित बागदेवी खेलमैदान जारी प्रतियोगिताको बिहीबार भएको खेलमा नरेन्द्र स्मृति क्लबलाई १ का विरुद्ध २ ले हराउँदै बेलबारी फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।

बेलबारीको तर्फबाट जर्सी नं १९ का खेलाडी मौसम सुब्बा र जर्सी नं ८ का विक्रम धिमालले गोल गरेका थिए । खेलको पहिलो हाफ गोल रहित सकिएको थियो । दोस्रो हाफको ७ औँ मिनेटमा मौसमले गोल गरेका थिए ।

नरेन्द्र स्मृति क्लबको तर्फबाट जर्सी नं ६ का पारस खत्रीले गोल गरेका थिए । दोस्रो हाफको ९ औँ मिनेटमा पारसले गोल गरेर बराबरीमा पुराएको थियो । तर बेलबारीका खेलाडी विक्रमले अन्तिम समयमा गोल गरेर बेलबारीलाई फाइनलमा प्रवेश गराउन सफल भएको छ ।

खेलको मेन अफ द म्याच बेलबारी फुटबल क्लबका किरण लिम्बू घोषित भए । कार्तिक १ गते देखी सुरु भएको प्रतियोगिताको फाइनल खेल कार्तिक ९ गते शनिवार हुने आयोजक समितिका अध्यक्ष तिर्थबहादुर न्यौपानेले जानकारी दिएका छन् ।

फाइनल खेल बेलबारी फुटबल क्लब बेलबारी र डाँगी फुटवल क्लब केराबारीबिच हुने छ । प्रतियोगिताको विजेता टिमले रु.५१ हजार र उपविजेताले रु.३१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्