व्वाईज युनियन फाइनलमा : चर्चको लज्जासपत हार


बेलबारी / तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा व्वाईज युनियन काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।

मोरङको भाउन्नेमा जारी बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा व्वाईज युनियन काठमाण्डौँले चर्च व्वाईज युनाईटेड काठमाडौँलाई ४–० गोल अन्तरले फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको २४औँ मिनेटमा चर्च व्वाईजका विकास थुलुङ राईले आत्मघाती गोल गर्दा व्वाईज युनियनको खाता खुलेको थियो ।
दोस्रो हाफमा व्वाईज युनियनले चर्च व्वाईजलाई एकतर्फी दबाबमा राखेको थियो । दोस्रो हाफको ६८औँ मिनेटमा व्वाईज युनियनका विटु तामाङले फो फाहाको पासको गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए ।

व्वाईज युनियनका तर्फबाट विदेशी खेलाडी मेसुकेले ७३औँ मिनेटमा र ७७औँ मिनेटमा वान भर्षेस वान गोल गर्दै टिमलाई फाइनलमा पुराउन सफल भएको छ ।

खेलको म्यान अफ द म्याच व्वाईज युनियनका तम्पी ईभेन घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो सेमिफाइनल खेल शुक्रवार आयोजक डाँगीहाट फुटबल क्लब(रातो) र धरान फुटबल क्लब सुनसरी बिच हुने आयोजक समितिका कोषाध्यक्ष विमल लिम्बुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्