एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय 


मोरङ, १० फागुन । नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीको सोमबार काठमाडौँमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 

सत्तारुढ दलहरूको सहमतिविनै संसदमा एमसीसी टेबल भएको परिप्रेक्षमा पार्टीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदमा टेबुल भएको एमसीसी संझौताको विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको बताए । 

प्रतिक्रिया दिनुहोस्