पसल चोरीमा संलग्न २ जना युवा पक्राउ 


बेलबारी, १० फागुन । प्रहरीले मोरङको सुन्दररहैँचामा भएको पसल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ बस्ने वर्ष २१ को रोहित भण्डारी र जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ बस्ने वर्ष २७ को दिलीप लिम्बु रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जना २०७८ माघ १० गते रातको समयमा सुन्दरहरैँचा नगरपालिका वडा नं.–९ विराटचोक स्थित सूर्य कट्टेलको किराना पसलबाट NCELL को रिचार्ज कार्ड, अन्य किराना मालसामान समेत अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले अन्दाजी रू ४९ हजार ८ सय बराबरको NCELL को रिचार्ज कार्ड र नगद रू २५ हजार नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।  

पक्राउ परेका दुवै जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्