मन्त्री भ्रमणमा गएपछि मधेस प्रदेशसभा बैठक स्थगित 


मोरङ, १० फागुन । मन्त्री पारिवारिक भ्रमणमा गए पछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ  । मधेस प्रदेशसभा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह भारत भ्रमणमा गएपछि प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावबारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो । तर प्रस्ताव पेस गर्ने मन्त्री नै बैठकमा अनुपस्थित भए पछि बैठक १२ दिनका लागि पर सारिएको छ । 

पारिवारिक भ्रमणका कारण बैठक सारिनुले गलत सन्देश दिएको भनेर मन्त्रीको आलोचना भइरहेको बेलामा मन्त्री शाहले भने आफू पूर्वनिर्धारित कार्यक्रम अनुसार पारिवारिक भ्रमणका लागि भारतमा रहेकोले सहमतिकै आधारमा बैठक सारिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्