बेलबारीमा उदय सोताङ मनिला सोताङ साङ्गीतिक साँझ सम्पन्न (फोटो फिचर)


बेलबारी / मोरङको बेलबारीमा उदय सोताङ नमिला सोताङ साङ्गीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारी फुटबल क्लबको आयोजनामा उदय सोताङ मनिला सोताङ साङ्गीतिक साँझ कार्यक्रम बेलबारी वाड नं.३ स्थित ड्रिमलेन्ड फन पार्कमा शुक्रवार सम्पन्न भएको हो ।

बेलबारी फुटबल क्लबले सञ्चालन गरेको ग्रासरुट फुटबल तालिम कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न साथै बङ्गलादेश तालिम जानको लागि सहयोगार्थ साङ्गीतिक साँझ कार्यक्रम गरेको आयोजकले जनाएको छ ।

उदय र नमिला दुवै दम्पतीले चिसो मौसमलाई सङ्गीतले तताउँदै सयौँको सङ्ख्यमा उपस्थित दर्शकहरूलाई नचाएका थिए । दुई दम्पतीले करिब ३ घण्टा आफ्नै गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्