एमसीसीका विषयमा निर्णय लिन लोसपा संसदीय दलको बैठक बस्दै


काठमाडौँ, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायत समसामयिक विषयमा छलफल हुने लोसपाले जनाएको छ ।

एमसीसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भन्दै पक्षमा वकालत गर्दै आएको पार्टीले आज आधिकारिक निर्णय गर्ने आसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्