बेलबारीमा मानवअधिकार सम्बन्धी अन्तरक्रिया


बेलबारी, ११ फागुन । मानव अधिकारको पछिल्लो अवस्थाको बारेमा बेलबारीमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारीमा पहिलो पटक आयोजना भएको उक्त छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सचिब वेद भट्टराई, खुल्ला वातावरण विश्व विद्यालयका पूर्व डिन प्रा.डा. इन्द्र ब. कार्की लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेकपा एमाले बेलबारीका अध्यक्ष इरान राई, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि महेन्द्र सुवेदी, नगर सभापति छत्र लिम्बू लगायत विभिन्न सङ्घसंस्था प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको व्यवस्थापन भने बेलबारीका स्थानीय एवम् राजनीतिकर्मी प्रताप थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्