लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने 


काठमाडौँ, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ । आज (बुधवार) बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सांसद चन्दा चौधरीले विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको बताइन् । उनले भनिन्, ‘एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ भन्ने भएकाले पनि एमसीसीको पक्षमा मतदान गर्ने भन्ने निर्णय भएको हो ।’

प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्