आजको प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे छलफल हुँदै


काठमाडौँ, १२ फागुन । आजको प्रतिनिधि सभाको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल सुरु हुँदै छ । आज दिउसो १ बजेलाई बैठक डाकिएको छ ।

सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले आइतवारको बैठकमा टेबल भएको एमसीसी प्रस्तावलाई आज सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको बताएका छन् ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने कार्यसूची रहेको छ ।

उता काँग्रेसबाहेक सत्ता गठबन्धनमा रहेका पार्टीहरू भने एमसीसीलाई परिमार्जन गरेर मात्र पास गराउनु पर्ने अडानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्