कुलमान घिसिङकी पत्नी दीपा राप्रपा धादिङको उपाध्यक्षमा मनोनीत


मोरङ, १२ फागुन । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको उपाध्याक्ष्यमा मनोनीत भएकी छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तामाङलाई उपाध्यक्षमा मनोनीत गरेका हुन् ।

तामाङलाई रुबिभ्यालीबाट प्रतिनिधित्व गर्ने गरी जिल्ला उपाध्यक्षमा चयन गरेको हो । राप्रपा धादिङले कार्यसमिति सदस्यहरूबाट पदाधिकारी मनोनयन गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाइएको जनाएको छ ।

गत कार्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुव खनाल अध्यक्ष सहित ३१ जना निर्वाचित भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको बैठकले माघको दोस्रो साता मात्र १८ जना मनोनीत गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्