महिला प्रतिभा मञ्चमा शकुन्तला सुवेदी


बेलबारी, १३ फागुन । महिला प्रतिभा मञ्च बेलबारीको अध्यक्षतामा शकुन्तला सुवेदी चयन भएकी छिन् । हालै सम्पन्न संस्थाको २८ औँ साधारण सभाले सुवेदीको अध्यक्षतामा ९ सदस्सीय कार्य समिति गठन भएको हो ।

समितिका वरिष्ठ उपाध्यक्षमा भगवती श्रेष्ठ, उपाध्यक्षमा सीता कुमारी राई चयन भएका छन् । त्यस्तै सचिवमा कुन्ती गुरुङ, सहसचिवमा सीता माया राई र सञ्जय कुमारी राई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा दिलमाया श्रेष्ठ, वर्षा गुरुङ र मन कुमारी लिम्बू रहेका छन् ।

बेलबारी –१ मा रहेको सङ्घको आफ्नै भवनमा सम्पन्न अधिवेशनमा संस्थापक अध्यक्ष मिनु राई, महिला अधिकार मञ्च प्रदेश नं १ की संयोजक सीता सुवेदी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्