श्रमिक महिला समूह बेलबारीद्वारा विद्यार्थीलाई झोला वितरण


बेलबारी, १३ फागुन । लामो समयदेखि बेलबारीमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था श्रमिक महिला समूह बेलबारी नगरपालिका वडा नं ९ मा रहेको ज्ञानोपार्जन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेको छ । बिहिवार एक कार्यक्रमबिच समूहले विद्यालयमै पुगेर विद्यार्थीलाई झोला वितरण गरेको हो ।

समूहले ४० हजार रुपैयाँ बराबरको ७५ थान झोला वितरण गरेको संस्थाकी अध्यक्ष नितु थापा (कोइराला)ले जानकारी दिइन् ।
झोला वितरणमा अध्यक्ष कोइरालासहित संस्थाका सचिब ईन्थु पोडेल (थापा), सहसचिव अञ्जना मास्के र विद्यालयका प्रधानाध्यापक भरत धिमाल लगायतको सहभागिता रहेको थियो ।

संस्थाले यस अघि पनि बेलबारी –५ मा रहेको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्