भिटेन बुबाको जमानीमा रिहा


ललितपुर, ९ कात्तिक । भिटेन नामले परिचित चर्चित ¥याप गायक समीर घिसिङ शुक्रवार साँझ रिहा भएका छन् ।

भिटेनलाई उनको बुबाको जमानीमा । महानगरीय प्रहरी परिसर, ललितपुरले रिहा गरेको हो । उनलाई भाइटिकाको भोलिपल्ट हाजिर हुन भनिएको ललितपुर प्रहरीले जनाएको छ ।

भिटेनको ‘हामी यस्तै त हो नि ब्रो‘’ बोलको गीतले चर्चाको शिखरमा पुराएको छ । उनी युवा पुस्ताहरूमा लोकप्रिय ¥यापर बनेका छन् । तर त्यही गीतले उनलाई थाना सम्म पुराएको छ ।

‘हामी यस्तै त हो नि ब्रो’ मा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्बिरको कारण प्रहरीले उनलाई पक्राउ गरेको थियो । युट्युबबाट यो गीतलाई हटाउन लगाइएको थियो ।

भिटेनविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भएता पनि बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेकाले छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्