कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै


मोरङ, १५ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

बैठकले संसद् बैठकका कार्यसूची निर्धारण तथा जारी संसद् अवरोधलगायत विषयमा छलफल हुने बताइएको छ ।

एमसीसीका विषयलाई लिएर सत्तारुढ गठबन्धन विभाजित भएको छ । काँग्रेस जसरी पनि यो सम्झौता पास गराउनु पर्ने अडानमा रहेको छ भने उता माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यसमा भएका केही बुँदा परिमार्जन गरेर मात्र पास गराउनु पर्ने अडानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्