बेलबारीको भगवती माविमा विद्यालय बस सेवा संचालनमा


बेलबारी, १५ फागुन । मोरङको बेलबारीमा रहेको भगवती माध्यमिक विद्यालयले विद्यालय बस सञ्चालनमा ल्याएको छ । बेलबारीको निकै पुरानो विद्यालयको रुपमा चिनिने यस विद्यालयले आज (आइतवार) बिहानदेखि स्कुल बस संचालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद आचार्यले जनाकारी दिएका छन् ।

विद्यालयमा आज आयोजित कार्यक्रममा बेलबारी नगरपारिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बस सेवाको उद्घाटन गरेका हुन् । विद्यालयको साझेदारीमा खरिद गरिएको बसलाई २७ लाख १२ हजार लगानी भएको छ भने बस संचालनमा आए पछि टाढाका विद्यार्थीलाई विद्यालय आउन सहज हुने विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रतापकुमार थापाको भनाइ रहेको छ ।

साझेदारीमा खरिद गरिएको बस खरिदका लागि विद्यालयका तर्फबाट १५ लाख र बाँकी १२ लाख १२ हजार बेलबारी नगरपालिकाको खर्च भएको छ ।
नगरपालिका र विद्यालयको साझेदारीमा बेलबारी नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयहरुमा बस सञ्चालन भएका छन ।

बस सेवाले टाढा टाढाका विद्यालयलाई विद्यालय आउन सहयोग मात्र पुगेको छैन यसले विद्यालयलाई शैक्षिक गुणस्तर वृद्धिमा सहयोगसमेत पुगेको बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्