मिस्टर एण्ड मिस लिटलमा प्रतियोगीको प्रतिभा


विराटनगर, ९ कार्तिक / तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोसी २०१९ को फाइनलमा पुगेका प्रतियोगीहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट सो’ मा देखाएका हुन् ।

इटहरीमा भएको ट्लयान्ट शोमा फाइनलमा पुगेका प्रतियोगीहरूले नृत्य, गीत, चित्रकला, कविता, मेकअप लगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जनाले बेस्ट ट्यालेन्ट अवार्ड प्राप्त गर्नेछन् ।

कार्तिक १८ गते फाइनलको दिन सो अवार्ड वितरण हुनेछ । ट्यालेन्ट शोको निर्णायकहरूमा जय मिडिया म्यानेजमेन्टका निर्देशक जय राज राय, मिसेस कोसी २०१९ को विजेता रेनुका लिम्बु, नृत्य निर्देशक मनोज राजवंशी र बैङकर रविन थापा रहेका थिए ।

जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा २९ जना पुगेका छन् । स्कुल अध्ययनरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनुकाटाबाट प्रतियोगीहरूले भाग लिएका छन् ।


(फोटो क्याप्सन : ट्यालेन्ट शोमा सहभागी प्रतियोगी तथा निर्णायकहरू ।)

प्रतिक्रिया दिनुहोस्