नाराविरोधकाबिच एमसीसी माथि विस्तृत छलफल हुँदै 


काठमाडौँ, १५ फागुन । यतिखेर मिलेनियम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट ( एमसीसी ) अनुदानसम्बन्धी विस्तृत छलफल संसदमा सुरु भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भए पछि अनुदानसम्बन्धी विस्तृत छलफल संसदमा सुरु भएको हो ।
यतिखेर विभिन्न सांसदहरूले एमसीसीमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । एमालेले आफ्नो संसद् अवरोध कायमै राखेको छ । तर प्रमुख प्रतिपक्षी दल तथा सत्तारुढ दलकै विरोधका बाबाजुत पनि एमसीसीका बारेमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्