नाराबाजी र विरोधकाबिच एमसीसी प्रस्ताव पारित 


काठमाडौँ, १५ फागुन । प्रमुख प्रतिपक्षीका नाराबाजीकाबिच मिलेनियम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट ( एमसीसी ) अनुदानसम्बन्धी प्रस्ताव संसदबाट पारित भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भए पछि यो प्रस्तावका विषयमा संसदमा विस्तृत छलफल भएको थियो । विभिन्न पार्टीमा आबद्ध सांसदहरूले छलफलमा भाग लिएका थिए ।
संसादहरुले राखेको जिज्ञासाको अर्थमन्त्री जनार्दन शर्मा पौडेलले उत्तर दिए पछि सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्तावको पक्षमा बहुमत देखिएकोले यो प्रस्ताव पास भएको बताए ।
एमालेले आफ्नो संसद् अवरोधको कार्यक्रमलाई कायमै राखेको थियो । यद्यपि पार्टीको अवरोधकैबिच नेता भीम रावलले भने छलफलमा भाग लिँदै यो संझौता नेपालको हितमा नरहेको विचार व्यक्त गरेका थिए ।
यस अघि सरकारले सम्झौतामा भएका केही विवादास्पद बुँदाहरूको परिमार्जन तथा पुनर्व्याख्या गरेर सदनमा पेस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्