एमसीसी अनुमोदनको विरोधमा नेपाल बन्द घोषणा


मोरङ, १६ फागुन । संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदन गराएको विरोधमा आज (सोमबार) ६ वटा साना बाम दल र दुई वटा मोर्चाले संयुक्त रूपमा नेपाल बन्दको घोषणा गरेका छन् ।

बन्दको आह्वान गर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित संसद् बाहिर रहेका साना ६ वटा कम्युनिस्ट पार्टी र दुई मोर्चा रहेका छन् ।

संझौता संसदबाट अनुमोदन भए पछि नियमित रूपमा विरोधमा उत्रिएका यी साना दलहरूले त्यसको विरुद्धमा आज (सोमवार)लाई नेपाल बन्दको घोषणा गरेका हुन् ।

विरोधकाबिच पनि आइतवारको संसद् बैठकबाट एमसीसी अनुमोदन भएको छ । अनुमोदन अघि सरकारले एमसीसीका विषयमा रहेका केही विवादित बुँदाहरूलाई पुन : व्याख्या र टिप्पणी उठाएको थियो । तर यो व्याख्यालाई सरकारको फेससेफिङ मात्र भएको बताउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्