सुन्दरहरैंचामा सबै खाले करहरू अब अनलाइनबाटै तिर्न सकिने


मोरङ, १७ फागुन । मोरङको सुन्दरहरैंचा नगरपालिकाले सबै खाले करलाई अनलाइनमार्फत तिर्न मिल्ने बनाएको छ । सोमबारबाट नगरपालिकाले यो प्रणालीको सुरुवात गरेको गरेको हो ।

नगरलाई प्रविधि मैत्री बनाउने क्रममा राजस्व भुक्तानी सेवालाई अनलाइनमार्फत सञ्चालनमा ल्याएको नगर प्रमुख शिव प्रसाद ढकालले बताएका छन् ।
यो प्रणाली सुरु गरेपछि अब करदाताहरूले सम्पत्ति तथा भूमि, व्यवसाय र घरबाहल कर भुक्तानीका लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने भएको छ ।
सोमबारदेखि सबै करदाताले विद्युतीय प्रणालीतर्फ कर भुक्तानी गर्न सक्ने छन् । नगरपालिकाले विद्युतीय भुक्तानीबारे करदातालाई नगरपालिकाले आवश्यक शिक्षासमेत दिने भएको छ ।

करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि ई सेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सक्ने साङ्ग्रिला इन्फरमेटिक्सका सिनियर सपोर्ट अफिसर दिवस लामिछाने बताउँछन् ।

अनलाइन मार्फत कर भुक्तानी सेवाले गर्दा सम्बन्धित कर तिर्न जाने ठाउँमा भिडभाड कम हुने र सेवाग्राहीको समयको बचत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्