मोरङको मिक्लाजुङमा खोलामा माछा मार्दा करेन्ट लागेर एक जनाको मृत्यु


मोरङ, २० फागुन । मोरङको मिक्लाजुङमा खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–८ का २९ वर्षीय नगेन्द्र बस्नेत रहेको प्रहरीले जनाएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाको सिमानामा रहेको नुनसरी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बस्नेतको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर बिहीबार दिउँसो गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा साँझ ५ः५० बजेतिर मृत्यु भएको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्